आहा! रारा गोल्डकप: उपाधि नजिक पुग्न आयोजक र मनाङ भिड्दै
पाेखरा | फागुन ६, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा पहिलो सेमिफाइनल खेल अन्तर्गत आज मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्ने भएका हुन् ।
मनाङले पाहुना क्लब थन्डरबोल्ट भारतलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो भने, आयोजक सहारा क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको अर्काे सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तान बिहीबार भिड्नेछन् ।
प्रतियोगिताकाे फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

